ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष न्यौपानेको निधन

१४ जेठ विराटनगर । ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान)  का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । उनको उपचारको क्रममा विराटनगरको विराट मेडिकल कलेजमा आज बिहान ८:२५ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

न्यौपानेलाई कोरोना सङ्क्रमण भई १८ दिन देखि उपचाररत थिए । केही दिन आइसियुमा र त्यस पछि स्वास्थ्यमा सामान्य सुधार आएपछि एचडियुमा राखिएको थियो । फेरि स्वास्थ्यमा समस्या देखिए पछि केही दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

इटहरी निवासी न्यौपाने स्वतन्त्र रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष र नेपाल विज्ञापन बोर्डको सदस्य साथै सप्तकोसी एफएमका स्टेसन म्यानेजर पनि हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्