भारतमा १४ हजार बढी संक्रमित थपिए, १३ हजार निको

कार्तिक १२ काठमाडौँ____ भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १३ हजार २२३ जना संक्रमणमुत्त भएका छन् । गत २४ घण्टामा मात्रै ८०३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ४५ हजार ५३० पुगेको छ । तीमध्ये ३ करोड ३६ लाख १९ हजार ९४२ जना निको भइसकेका छन् भने ४ लाख ५७ हजार २२१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ६८ हजार ३६७ रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्