कार्तिक ११ वीरगंज ___ वीरगंज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत नारायणप्रसाद मैनालीसँग भेटघाट तथा छलफल गरेको छ । कार्यक्रमका सभापति वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो ।
त्यस्तै ७० प्रतिशत जति कार्गो यसै नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा ५०–६० प्रतिशतको योगदान यस क्षेत्रको रहेकोले सोही अनुरुप यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिनुभयो । साथै राजस्व अनुसन्धान विभागबाट लागु गरिएको भिसिटिएस प्रणाली लगायत राजस्व सम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनमा उद्योगी÷व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरु समाधानका लागि वीउवासङ्घ र राजस्व अनुसन्धान कार्यालय, पथलैयाले संयुक्त रुपमा पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा उपस्थित सहभागीहरुले भिसिटिएस प्रणालीले सृजना गरेको जटिलता तथा भिसिटिएसका कारण उद्योगी÷व्यवसायीहरुले व्यहोर्नु परिरहेको व्यय भारका कारण यस प्रणालीलाई व्यवस्थित तुल्याउन उद्योगी÷व्यवसायीहरुलाई राजस्व अनुसन्धान कार्यालय, पथलैयाबाट प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो । राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख राजस्व अधिकृत नारायणप्रसाद मैनालीले भिसिटिएस लगायत राजस्व अनुसन्धान सम्बन्धी प्रशिक्षण दिई वैध व्यापारलाई प्रोत्साहनको निमित्त छठ्ठ पर्व लगतै वीरगञ्जमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने आश्वासन दिनुभयो ।
उहाँले राजस्व अनुसन्धानका क्रममा आउने नीतिगत तथा व्यवहारिक समस्याहरुलाई समाधान गर्ने तर्फ आफू प्रयत्नरत रहने बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएकोले कार्यक्रममा नेउवामहासङ्घ–प्रदेश नं. २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, अशोककुमार वैध, प्रदीपकुमार केडिया, सङ्घका पदाधिकारीहरु, का.स.स.हरु तथा उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीउवासङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गर्नुभएको थियो ।