तीन पत्रकारलाई श्रम रोजगार पत्रकारिता पुरस्कार

कार्तिक ११ काठमाण्डौ___ यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार ३ जनालाई प्रदान गरिएको छ। विजेताहरुलाई बुधबार पुरस्कार हस्तान्तरण गरिएको हो । बुटवलबाट काम गर्ने अमृता अनमोल (कान्तिपुर)पहिलो पुरस्कार, रमेश भारती (शिलापत्र डटकम)दोस्रो पुरस्कार र अनिल अधिकारी (साझा सवाल)लाई तेस्रो पुरस्कार प्रदान गरिएको थियो । काठमाडौमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उनीहरुलाई पुरस्कार हस्तान्तरण गरे ।

पुरस्कार वितरण समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, निमित्त श्रम सचिव डण्डुराज घिमिरे, परराष्ट्र सहसचिव हरिश्चन्द्र घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठनकी कार्यक्रम संयोजक नेहा चौधरी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सचिव सुजित श्रेष्ठ लगायतकाले श्रम आप्रावसनको बिबिध समस्याहरु र त्यसका समाधानका पक्षहरुबारे मर्यादित भएर लेख्दै नीति नियम निर्माताहरुलाई झक्झक्याउन पत्रकारहरुलाई सुझाएका थिए।

पहिलो, दोश्रो र तेस्रो पुरस्कार राशी क्रमशः ३०, २० र १० हजार रुपैयाँ रहेको थियो । उक्त प्रतिस्पर्धामा ७६ पत्रकारहरुले सहभागिता जनाएका थिए। श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको श्रम रोजगार पत्रकारिता पुरस्कारमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले साझेदारी गरेको थियो।

 

यहाँ कमेन्ट गर्नुहोस्