कार्तिक ११ काठमाण्डौ___ प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षकाे चैत मसान्तसम्म सबै नेपाललाई खोप लगाइसक्ने घोषणा गरेका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताले दिने खोप नपुगे आफैं किनेर भए पनि सबै नेपालीलाई खोप लगाउने बताएका हुन् । प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले यो वर्षको अन्तिमसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने घोषणा बैठकमा गरेको जानकारी दिएका हुन् ।
‘कोरोनाविरुद्धको खोप कमी नहोस् । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निशुल्क नै दिने हो । दाताबाट आएकोले नपुगे हामी खोप खरिद गर्छौ’ प्रधानमन्त्री देउवाले बैठकमा भने, ‘वर्षको अन्तिम चैतभित्र सबै नेपालीलाई पूर्णमात्रामा लगाइसक्नुपर्छ । यसै अनुसार सरकार अगाडि बढेको छ । नेपालमा पूर्ण खोप लगाउने २२ प्रतिशत छन् । ३४ प्रतिशतको पहिलो डोज मात्रै लगाएका छन् ।