१३ जेठ विराटनगर। प्रदेश १ म आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, तेर्ह्थुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुष सहित २९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१, सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३, भोक्राहा १, झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २-२ र चैनपुरमा १, तेर्ह्थुमको म्याङलुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १-१, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १-१ र स्थानीय तह नखुलेका ३, पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १-१, स्थानीय तह नखुलेका २, , इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १-१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १–१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ९२८ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । आज ५२९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ३५१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।