टिकटक बनाउँदा उदयपुरमा पासो लागेर मृत्यु

१३ जेठ उदयपुर । टिकटक भिडियो बनाउने क्रममा घाटिमा सल बेरीएर बुधबार साझ एक बालिकाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ९ का जीतबहादुर बस्नेतका ११ वर्षिय छोरी संजीता बस्नेतको ज्यान गएको हो ।

भान्सामा बाबु आमा खाना खादै गर्दा अर्को कोठामा सलको पासो घाटिमा बाधेर  दुई वटा मुढा खप्टाएर भिडियो बनाउदै गर्दा अचानक मुढा खस्दा सलले घाटिमा बेरीदा तत्कालै उनको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । मोबाइल धरिनमा राखेको अवस्थामा फेला परेको र घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको स्रोतले जनाएको छ ।

प्रहरीले बालिका आफनै घरमा सलले घाटि बाधेर झुण्डीएको अबस्थामा फेला परेको जनाएको छ । “भिडियो फुटेजमा बालिका पासो लगाएर झुण्डीएको देखीन्छ ।” भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याब पछि मात्रै बताउन सकिने जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए ।  ‘भिडियो झुण्डिएकै दिनको हो कि अरु दिनको हो, अनुसन्धान पश्चात थाह हुनेछ एसपी दाहालले भने,।’ । घटनाको अनुसन्धान भैरहेको बिस्तृत कुरा पछि आउने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्