सामाजिक सुरक्षा कार्यक्रम २ बर्ष वित्दापनि प्रभावकारी बन्न सकेन

असोज २६ काठमाडौं___  केपी ओली नेतृत्वको सरकारले ठलो तामझामका साथ ल्याएको सामाजिक सुरक्षा कार्यक्रम २ बर्ष वित्दापनि प्रभावकारी बन्न सकेको छ्रैन । २०७६ साल साउन १ गतेबाट ठुलो तामझामका साथ नयाँ युगकै सुरुवात भन्दै ल्याइएको योगदानमा आधारित सामाजीक सुरक्षा कार्यक्रममा २ वर्ष बितिसक्दा पनि खासै रोजगारदता र योगदानकर्ताको आकर्र्षण देखिएको छैन ।

योगदानकर्ताले ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत गरी आम्दानीको ३१ प्रतिशत रकम सरकारी खातामा जम्मा हुने व्यवस्था योजनामा गरिएको छ । यस अवधिसम्म जम्मा १५ हजार ६ सय १७ रोजगारदाता आवद्ध हुँदा करिब २ लाख ९० हजार योगदानकर्ता सहभागी हुन पुगेकाछन् ।

यसमध्ये सबैभन्दा बढि बाग्मती प्रदेशबाट १० हजार ६ सय २९ जना रोजगारदाता र २ लाख १६ हजार ६ सय जना योगदानकर्ता सहभागी भएका छन् । यस्तै कर्णाली प्रदेशमा १ सय ८५ जना रोजगारदाता सहभागी हुँदा ८ सय ८८ जना योगदानकर्ता सहभागी भएको सामाजिक सुरक्षाकोषले जनाएको छ ।

कोषले श्रमीकको औषधी उपचार, मातृत्व, दुर्घटना तथा अशक्तता गरी विभिन्न किसिमका सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेको थियो । यीनै योजनामार्फत कोषले ३६ करोड ८५ लाख वितरण गरिसकेको पनि जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्