असोज २० काठमाण्डौ ___साताको चौथो कारोबार दिन बुधबार बजार खुलेको करीब दुई घण्टाको अवधिमा मेगा बैंक र सिभिल बैंकसहित ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२० ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको हो । मेगा बैंक, सिभिल बैंक, सिद्धार्थ इक्विटी फण्ड, नेशनल हाइड्रोपावर र एनएमबि हाइब्रिड एल-१ को धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी मेगा बैंकको ११ लाख २२ हजार ७३५ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी सिभिल बैंकको ६ लाख ३४ हजार ९० कित्ता, सिद्धार्थ इक्विटी फण्डको २ लाख ५ हजार ८०० इकाई, नेशनल हाइड्रोपावरको १ लाख ७४ हजार २६० कित्ता र एनएमबि हाइब्रिड फण्ड एल-१ को इकाईमा १ लाख ५६ हजार १५० इकाई खरीद माग रहेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्