असोज १८ वीरगंज___बीरगन्जकी एसिड पिडित मुस्कान खातुनलाई बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले २ लाख आर्थिक सहयोग गर्नु भएको छ । पिडित मुस्कानको शल्यक्रिया गर्नु पर्ने भएकाले महानगर प्रमुख सरावगीले आफु पाउने तलब भाता बाट सञ्चालित मेयर कल्याणकारी कोष बाट २ लाखको चेक पिडित खातुनलाई हस्तान्तरण गर्नुभएको छ ।
नगर प्रमुख सरावगीले शल्यक्रिया गर्दा अझ पैसा लाग्न सक्ने भएकाले सहयोगी हातलाई सहयोग गर्नका लागी अपिल समेत गर्नुभएको छ ।
प्रेम प्रस्ताव अस्विकार गरेकी खातुन माथि २०७६ साल भदौ २० गते वीरगंजमा दुई जनाले उनको अनुहार लगायत शरीरका अन्यभागमा एसिड प्रहार गरेका थिए । अभियुक्त दुई बै जना अहिले कारागार जीवन बिताईरहेका छन ।
यहाँ कमेन्ट गर्नुहोस्