भाद्र १८ काठमाडौं___ काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिनेमा हल सञ्चालन गर्दा हलामा ५० प्रतिशतमात्र दर्शक राख्न निर्देशन दिएको छ । शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीले हल सञ्चालकहरुलाई भीडभाड नहुनेगरी ५० प्रतिशत दर्शक राखेर सिनेमा हल सञ्चालन गर्न निर्देशन दिएका हुन्।
सिनेमा हलसँगै लोकदोहोरी साँझ, क्लबलगायत रात्रिकालीन व्यवसायहरुमा पनि समयसीमा तोकिएको छ । दोहोरी साँझ राति १२ बजे बन्द गर्नुपर्ने निर्देशन दिइएको छ भने क्लब सञ्चालन राति २ बजेसम्ममात्र गर्न निर्देशन दिइएको छ ।
जिल्ला प्रशासनले सबै व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने पनि निर्देशन दिइएको बताइएको छ । यदि, अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड अपनाइएको नपाइए कारवाही गरिने पनि बताइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्