श्रीकृष्ण जन्माष्टमीको दिन सेवन गर्न नहुने पाँच कुरा

भाद्र १३ काठमाडौं___ भगवान श्रीकृष्णको जन्मोत्सवको रुपमा मनाइने पर्वलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ । यो पावन दिन श्रीकृष्णको पूजा आराधना गरेर ब्रत राख्ने चलन पनि रहिआएको छ । यद्यपि, जन्माष्टमीको ब्रतमा केही कुराबाट भने टाढै रहनु अति नै आवश्यक छ ।

सन्दर्भ : श्रीकृष्ण जन्माष्टमी (भदौ १४ गते)
यी कुराहरुको सेवनले ब्रत टुट्ने मात्र नभएर स्वास्थ्यमा समेत हानी पुऱ्याउन सक्छ ।

ब्रतको क्रममा सेवन गर्न नहुने कुराहरु
ब्रतको क्रममा शरीरमा पोषण र उर्जाको कमी हुनु सामान्य कुरा हो, किनभने हामी यो दिन अन्य दिन भन्दा कम खान्छौं । तर केही कुराको सेवन गर्नाले ब्रत तोडिने मात्र नभएर स्वास्थ्य पनि बिग्रन्छ ।

च्युइङ गम
ब्रतको क्रममा समेत कसै–कसैलाई च्यूइङ गम चपाउन मनपर्छ । वास्तवमा ब्रतको क्रममा खाना कम खाने भएकाले पेट खालि हुन्छ । यस्तो स्थितिमा च्युइङ गम चपाउनेले दिमागले पेटलाई पचाउनका लागि आवश्यक एसिड बनाउन संकेत दिन्छ । तर पेट खाली भएकाले एसिडले पेटको भित्री पत्रलाई नोक्सान पुऱ्याउँछ र छाति पोल्ने समस्या पनि हुन सक्छ ।

कोल्ड ड्रिङ्क
प्रायस् मानिस जन्माष्टमी ब्रतको क्रममा ग्याँसको समस्याबाट राहत पाउनका लागि कोल्ड ड्रिङ्कको सेवन गर्छन् । तर कोल्ड ड्रिङ्कमा समावेश अत्यधिक शुगर स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले मधुमेहका रोगिमा अचानक स्थिति बिग्रन्छ । त्यस्तै कोल्ड ड्रिङ्कमा समावेश क्याफिनले पनि शरीरलाई डिहाइड्रेशन बनाउन सक्छ । यद्यपि यसको असर अन्य क्याफिनयुक्त ड्रिङ्कभन्दा कम हुन्छ ।

धूम्रपान
केही मानिस ब्रत बसेको समयमा पनि धूम्रपान गर्न छाड्दैनन्, जुन धार्मिक दृष्टिले ब्रत तोड्न कार्य हो । तर धुम्रपान गर्नाले तुरुन्त शरीरमा ब्लड प्रेशर र मुटुको धड्कन बढ्छ । यसले शरीरमा डिहाइड्रेशन कारण उर्जा कमी आउँछ र ब्रतको क्रममा समस्या उत्पन्न हुन सक्छ ।

अल्कोहल
ब्रतको क्रममा सात्विक आहार लिनु पर्छ भने अल्कोहल जस्ता तामसिक कुराबाट टाढा रहनु पर्छ । ब्रतभन्दा पहिला अथवा ब्रत खोल्दा अल्कोहलको सेवन गर्नु हुँदैन । यसो गर्दा शरीरमा डिहाइड्रेशन हुन्छ, जसले पेट सफा हुन पाउँदैन । त्यस्तै, अल्कोहलका कारण हाई ब्लड प्रेशर, बान्ता र निद्रा नलाग्ने समस्या हुन्छ ।

चिया अथवा कफी
जन्माष्टमी ब्रत होस् अथवा अन्य ब्रत, मानिसहरु चिया र कफीको सेवन अत्यधिक गर्छन् । तर, चिया–कफी एउटा क्याफिनयुक्त पेय पदार्थ हो, जुन शरीरमा डिहाइड्रेशनको कारण बन्न सक्छ । डिहाइड्रेशनको कारण मानिसलाई रिंगटा लाग्ने, कमजोरी आदिको समस्या हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्