भाद्र ९ काठमाण्डौं ___ महालेखा परिक्षकको कार्यालयले प्रदेश २ सरकारको आर्थिक पारदर्शीता र सुशासन प्रतिको प्रतिवद्धता खोक्रो रहेको देखाइदिएको छ । शासन र प्रशासन योग्यतम र कुलतापूर्वक संचालनको प्रतिवद्धता सहित सत्तारोहण गरेको लालबाबु सरकारले सम्पादन गरेको हरेक काममा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको देखिन्छ ।
प्रदेशका मुख्यमंत्रीले आर्थिक तथा सुरक्षा सल्लाहकारको नियुक्ति गरेर सहायक मंत्री सरहको सुविबधा दिदै आएकोमा महालेखाले प्रश्न गरेको छ । सल्लाहकार नियुक्तिको प्रवन्ध नै नरहेको ठाउमा सल्लाहकार नियुक्त गरेर राज्यकोष किन खर्च गरिएको हो ? राउत सरकारको आन्तरिक मामलिा मंत्रालयले आर्थिक वर्ष २०७६र७७ मा आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माण गर्न बैठक भत्ताको नाममा ४६ लाख ४० हजार र शान्ति सुरक्षाको बैठक भत्ताको नाममा २३ लाख ५० हजार रुपैयाँ गरी कूल ६९ लाख ९० हजार गैर कानूनी रुपमा खर्चेको महालेखाको प्रनिवेदनमा उल्लेख छ ।
शान्ति सुरक्षाको गरिएको बैठकमा भत्ता स्वरुप २३ लाख ५० हजार खर्च देखाइएको छ । महालेखाले सो मन्त्रालयको परिभाषित काम नै शान्ति सुरक्षा भएकोले शान्ति सुरक्षाको बिषयमा काम गर्नु महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । कोभिडका बिरामीलाई खाना उपलब्ध गराउने बिषयमा जनकपुर अस्पतालले प्रति छाक ५० रुपैयाका दरले १३ लाख ४८ हजार भूक्तानी गरेको छ ।
प्रत्येक दिन खाना खाएको बिरामीको संख्या खुलाउनु पर्नेमा सो नखुलाई होटेलले दिएको बिलको आधारमा भूक्तानी दिएको देखिएको भन्दै महालेखाले बिरामीको संख्या भिडान गरि भूक्तानी दिनु पर्ने ब्यवस्था मिलाउन प्रतिवेदन मार्फत निर्देशन दिएको छ । पहिलो कोभिड संक्रमणकालमा प्रदेश सरकारले बितरण गरेको राहत बितरणमा पारदर्शीता नभएको भन्दै राहत बितरणकालागि खर्चिएको झण्डै साढे ७ करोड रुपैया बेरुजु देखाएको छ ।
साना तथा घरेलु कार्यालय मार्फत प्रदेश सरकारले बितरण गरेको राहत वास्तविक राहत आवश्यक भएका नागरिककामा पुगेको देखिदैन । त्यतीेबला स्थानीय तहले आफना नागरिकलाई राहत बितरण गरिरहेको बेलामा प्रदेश सरकारले राहत बितरणका नाममा डुपिलकेशन गरेको आशका महालेखाको प्रतिवेदनले पनि गरेको छ ।
घरेलु तथा साना उधोग कार्यालय धनुषाले वडाध्यक्षहरुलाई राहत बुझाएको भर्पाई बुझाएको देखिन्छ तर वडाध्यक्षहरुले राहत कसलाई बितरण गरे भन्ने कुराको प्रमाण वा भर्पाई प्रदेश सरकारले संकलन गरेको छैन । महालेखा परिक्षकले राहत बितरणको प्रमाण पेश गर्नु पर्ने ठहर गरेको छ । राहत बितरणमा प्रदेशका सबै जिल्लाको हालत यस्तै छ र प्रदेश सरकारले घरेलु मार्फत बितरण गरेको राहतको रकम बेरुजु देखिएको छ ।