गायक ढकालले अक्सिजन खरिदका लागि अमेरिकाबाट पठाए १८ लाख

११ जेठ काठमाडौं । हाल अमेरिकामा रहेका गायक रामकृष्ण ढकालले नेपालका कोरोना संक्रमित बिरामीको उपचारका लागि १८ लाख रुपैयाँ सहयोग संकलन गरी पठाएका छन्।

अक्सिजन अभावमा आफ्नो देशमा दिनदिनै कोरोना संक्रमितको मृत्यु भइरहेको खबरले मर्माहत भएकाले अमेरिकामा रहेका आफ्ना दर्शक/स्रोताबाट सहयोग रकम संकलन गरिएको गायक ढकालले जानकारी दिएका छन्। सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका गएका उनी कोरोना महामारीले गर्दा उतै रोकिएका हुन्।

‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ,’ ढकालले जानकारी दिएका छन्, ‘यही क्रममा पहिलो चरणमा जम्मा भएको $15288 अमेरिकी डलर (करिब १८ लाख नेपाली) यस्तो विषम परिस्थितिमा पनि नि:स्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायरमार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु।’

यस क्रममा गायक ढकालले सहयोग रकमसहित सहयोग गर्ने व्यक्तिको सूची पनि दिएका छन् ।

हेर्नुहोस्, उनको फेसबुक :

https://www.facebook.com/RamKrishnaDhakalOfficial/posts/329869181830823 

यहाँ कमेन्ट गर्नुहोस्