पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ, ग्याँस १४ सय ५० पुग्यो

भाद्र ७ काठमाडौं___नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । भारतमा भएको मूल्यबृद्धीलाई देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

बृद्धी भएको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यसअघि १२८ रुपैयाँ थियो । यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

यस्तै खाना पकाउने ग्यासको मूल्य बढेर प्रतिसिलिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ । ग्याँसमा २५ रुपैयाँ बढाइएको हो । बढेको मूल्य आजै सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्