देशको अधिकांस ठाउँको धानबालीमा ब्लास्ट रोग देखिए

भाद्र ६ वीरगंज___ देशको अधिकांस ठाउँमा  धानबालीमा रोगकिराको समस्या देखिन थालेको छ । धानमा ब्लास्ट रोग  देखिए पछि किसान चिन्तित बनेको छ । त्यस्तै केही ठाउँमा धानमा जरा कुहिने रोगले पनि सताएको पाइएको छ ।

ब्लास्ट रोग लाग्दा पातमा स–साना सेतो टिका, खैरा थोप्ला देखिने राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सुरज वैद्यले बताउनुभयो । धानबालीमा यो बेला विभिन्न समस्या देखिन थालेको र रोग लागेका ठाउँमा सकेसम्म लक्षण देखिएका बिरुवा हटाउन तथा प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न उहाँको सुझाव छ ।

अघिल्लो वर्ष पनि मोरङ, सुनसरी, बारा , पर्सा , रौतहट ,  सर्लाही , झापालगायत जिल्लामा धानको ब्याडमा ब्लास्ट रोग देखिएको थियो । बिउबाट समेत रोग सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाँटका बीउ उपचार नगरि प्रयोग गर्दा फैलने सम्भावना बढी हुने गरेको विज्ञले बताएका छन् ।

खाद्यतत्वको कमी तथा हाइब्रिड धानमा मलको कमीले पनि धानमा समस्या देखिएको हुनसक्ने विज्ञले बताएका छन् । ब्लास्ट तथा जरा कुहिने रोगले सताएका ठाउँमा मल/विषादीको प्रयोग गर्दा पानी कटाउन र एक/दुई दिन पानी नदिन पनि वरिष्ठ वैज्ञानिक वैद्यको सुझाव छ ।

यहाँ कमेन्ट गर्नुहोस्