कृषि उद्यम केन्द्रका अध्यक्ष सुमार्गीसंग धनकुटाको कृषि क्षेत्रको विकासको वारेमा छलफल

०४ भाद्र काठमाण्डौ । कृषि उद्यम केन्द्रका सभापती तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीसंग आज उहाको कार्यकक्षमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले धनकुटामा कृष क्षेत्रको विकास र विस्तारको वारेमा छलफल गरी धनकुटामा कार्यक्रम संचालन गर्न माग गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ यूवा कृषि उद्यमी लिलम थापा लगायतका धनकुटाका प्रतिनिधि मण्डलले कृषि उद्यम केन्द्रका सभापती तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीसंग काठमाण्डमौमा भेटघाट गरी धनकुटामा कार्यक्रम संचालन गर्न माग गर्दै धनकुटामा कृषि क्षेत्रको विकासको वारेमा परार्मश गरेको हो ।

सो अवसरमा कृषि उद्यम केन्द्रका सभापती तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीले तरकारी तथा फलफुल लगायत कृषीको उर्भरा भूमी धनकुटा भएकाले कृषि उद्यम केन्द्र मार्फत धनकुटामा कार्यक्रम संचालन गरी सहयोग गर्ने वताउनु भयो । उहाले विभिन्न नमुनाका कार्यक्रमहरु संचालन गर्ने समेत वताउनु भयो ।

सो अवसरमा कृषि उद्यमे केन्द्रका सभापती तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीले धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईलाई कृषि उद्यम केन्द्रको सदस्यमा मनोनयन गर्नु भयो र धनकुटाका वरिष्ठ यूवा कषी उद्यमी तथा व्यावसायी लिलम वहादुर थापालाई कृषी उद्यम केन्द्रबाट संचालन गरेको १ सय कृषक छनौवट अभियानम अन्र्तगत पहिलो सदस्य बनाउदै सदस्यताको पत्र प्रदान गर्नु भयो ।

सो अवसरमा कृषि उद्यम केन्द्रका उपाध्यक्ष दिपेन्द्र वहादुर खत्री,सदस्यहरु कमन बुढा,जगत खड्का,विज्ञ डाक्टर दिनेश प्रसाद पराजुली,रमेश कडरीया, आर बी गौतम,सुर्गेन विसी लगायतका सहभागीता रहेको थियो ।
यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठ,नेपाल उद्योग बाणिज्य महासंघका सदस्य हेमराज ढकाल लगायतका सदस्यहरुसंग पनी भेटघाट गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्