प्रतिगमनको विरोध गर्दै उदयपुरमा नेविसंघको राके जुलुस प्रदर्शन

११ जेठ उदयपुर । दोश्रो पटक संसद विघटनको विरोध गर्दै नेपाल विद्यार्थी संघ उदयपुरले सोमबार साझ सदरमुकाम गाईघाटमा राके जुलुस प्रदर्शन गरेको छ । गाईघाट विपि चौक बाट निकालिएको राके जुलुस बैंक लाईन टेम्पो चोक हुदै मुख्य चोकमा पुगेर समापन भएको थियो ।

कोरोना माहामारीको बिच सामाजिक दुरी र सुरक्षाको उपायहरु सहित विद्यार्थीहरुले विभिन्न नारा सहित असंवैधानिक कदमको बिरोध गरेको नेवि संघ उदयपुर काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष नविन कटुवालले बताए ।

राके जुलुस सहितको विरोध प्रदर्शन नेविसंघ नेता रोशन कार्की, शुसिल राई को नेतृत्वमा निस्कीएको हो भने विरोध प्रदर्शनमा नेविसंघका विद्यार्थी नेताहरु पारस कोइराला, रोशन पोख्रेल, चेतन पोख्रेल लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्