वीरगंजका केही निजि अस्पतालहरुले दैनिक विरामीलाई लुटदै

जेष्ठ १० वीरगंज___वीरगंजमा अहिले कोरोना महामारीमा पनि केही निजि अस्पतालहरुले बिरामीहरू सँग चर्को शुल्क उठाइरहेको कुराहरू दिनदिनै सामाजिक सञ्जालहरुमा आईरहेको छ । यसको बारेमा चारै तिर बाट यस्ता अस्पतालहरुको कार्यवाहीको माग समेत उठीरहेको छ, तर कार्यवाही कुनै पनि निकायले गरेको छैन ? यो प्रश्न हामी सबैको अगाडि छ , हामी किन यति निरिह भएर बसेका छौ ? गरीबहरू दिनदिनै उपचार को नाउमा लुटिदै छन तर कार्यवाही गर्ने निकायहरू कानमा तेल र आँखमा पट्टी बाधेर किन बसेका छन । यो प्रश्न अहिले सबैले गर्न बाध्य भएका छन ।

देशमा अहिले तीन तहको सरकार मध्ये कार्यवाही गर्ने अधिकार स्थानीय सरकारलाई नै छ। प्रष्ट रूपमै भनु पर्दा स्थानीय स्तरमा कुनै पनि अस्पताल, किलनिक, प्याथोलॉजी लगायत स्वास्थ्य सेवा सँग सम्बन्धित सबै निकायको अनुमति , अनुगमन , कार्यवाही गर्ने सबै अधिकार स्थानीय निकायलाई छ भने अहिले वीरगंजमा संचालन भएका सबै अस्पताल हरुको लाइसेन्स महानगरले नै दिएको छ । तर कार्यवाही गर्न किन चांसो दिएको छैन अथवा कार्यवाही गर्न सकेको छैन । कहि कतै आर्थिक प्रलोभन त छैन जस्ता प्रश्न पनि अहिले स्थानीय निकाय प्रति गर्न थालिएको छ ।

विरगंजमा संचालित निजी अस्पतालहरु मध्ये रजत जयन्ती चोकमा रहेको नेपाल इंडो अस्पतालले तबिराइ बिरामीलाई बिल दीदा ठगेकै छन । बिलमा कर बीजक पनि न राखेर सरकारको कर पनि लुटेको प्रष्ट हुन्छ । त्यो अस्पताला बिरामी ठगेको कुरा र अस्पताल लिगल रुपमा संचालन न रहेको कुरा यस भन्दा पहिला पनि समाचारमा आई सकेको छ ।

त्यसैले अहिले एउटा उच्च स्तरीय समिती बनाएर सबै निजी अस्पतालहरूको अनुगमन गर्ने देखि चर्को शुल्क लिनेहरू माथि छानबीन गरी कार्यवाही गर्नु पर्ने अहिले आवस्यक देखिएको छ । साथै स्वास्थ्य सेवाको लागि उचित मापदण्ड बनाएर अहिलेको महामारीको अवस्थामा कसैलाई पनि मर्का नपर्ने गारी उचित शुक्ल निर्धारण गर्नको लागि स्थानीय सरकारले पहल गर्नु जरूरी देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्