कोभिड १९ द्रुत प्रतिकिार्य समुह उदयपुरको कोशेली कोरोना प्रभावित क्षेत्रको लागी

१० जेठ उदयपुर । उदयपुरमा नागरीक समाजको अनगुवाईमा निर्माण भएको कोभिड १९ द्रुत प्रतिकिार्य समुह ले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि आत्मवल हौसला संगै पौष्टिक आहार वितरण गरेको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१६ मा कोरोना भाइरस सक्रमणको जोखिम बढे संगै सो क्षेत्रको सुकौरा र बेलदोभानगरी ३० घरमा पौष्टिक आहार सँगै स्वास्थ्य सामाग्री वितरण गरिएको गैसस महासंघका अध्यक्ष सुमन परियारले जानकारी दिनु भयो ।

जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुर, उदयपुर जेसिस र महिला शसक्तिकरण श्रोत केन्द्रको सहकार्यमा कोरोना संक्रमित व्यक्तिहरूको स्वास्थमा सुधार ल्याउने तथा आत्मवल, हौसला दिलाउने उदेश्यले द्रुत प्रतिकिार्य समुहले ६० केजी चना, ६० केजी मटर, ३० केजी सख्खर, १४० केजी चिउरा, १० लिटर सेनिटाईजर, ८०० मास्क, कोशेली स्वरूप कोरोना संक्रमण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको १६ न.बडा सदस्य तथा समिति संयोजक गंगा कार्कीले बताउनु भयो  ।

नागरिकहरुको सुरक्षाका निम्ति सामाजिका क्षेत्रमा सधै काम गरिरहने स्रोत,साधन र क्षमता अनुसार कुनै कसर बाँकी नगराख्ने कोभिड १९ द्रुत प्रतिकिार्य समुहका सदस्य तथा गैससका प्रदेश समितीको संयोजक महेस्वरी राई ले बताइन । कोरोना संक्रमित व्यक्तिहरूको स्वास्थमा सुधार ल्याउने तथा आत्मवल, हौसला दिलाउने यस्ता कार्यक्रम निरन्तर रहने राईले जानकारी दिनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्