असाढ़ १६ एजेन्सी__ क्यानडामा अत्यधिक गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी वृद्धवृद्धा छन्। मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी ४९.५ डिग्री सेल्सियस पुगेको थियो।
क्यानडामा तापक्रम ४५ डिग्रीभन्दा माथि गएको यो पहिलो घटना हो। अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने इन्भाइरोमेन्ट क्यानडाले चेतावनी जारी गरेको छ।
यहाँ कमेन्ट गर्नुहोस्