आजको राशिफल

२०७८ असार १६ गते, बुधवार, ३० जुन २०२१,आषाढ कृष्ण पक्ष, षष्ठी तिथि (१६ः५८ बजेदेखि सप्तमी),पूर्वभाद्रपदा नक्षत्र,चन्द्रराशि-कुम्भ।

मेष राशि :-

सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

वृष राशि :-

आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

मिथुन राशि :-

प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ। चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

कर्कट राशि :-

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिलाई फाइदा हुनेछ। आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ। सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ।

सिंह राशि :-

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।

कन्या राशि :-

महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

तुला राशि :-

वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। समयको गतिमा चल्ने प्रयास गर्नुहोला। काममा केही चुनौतीहरू देखिनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

वृश्चिक राशि :-

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु राशि :-

मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।  सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

मकर राशि :-

अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न भने समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। वादविवादले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्।

कुम्भ राशि :-

स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ।

मीन राशि :-

आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।

 

यहाँ कमेन्ट गर्नुहोस्