महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेको निर्णय

असाढ़ १५ काठमाडौं__ एमालेको स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई २ जेठ २०७५ अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटिलाई केन्द्रीय कमिटिमा रुपान्तरण गर्ने निर्णय गरेको हो । बैठकले असार १८ गते केन्द्रीय कमिटिको बैठक बोलाउने पनि निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आउँदो शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी बिवादका धेरै विषय टुंग्याउने उहाँको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्