![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/police-nepal-prahari-tapaikokhabar.jpg)
असाढ़ १५ काठमाडौं__ सरकारले डिआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बढुवा समितिको बैठकको निर्णय अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षकमा थापा बढुवा गरिएको हो।
बढुवासँगै थापालाई नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्साल काठमाडौंमा पदस्थापन गरिएको छ।
उनको गत सोमबार मात्र सिआईबीबाट नेपाल प्रहरीको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको थियो। प्रहरीमा एआईजीको थापा भएसँगै आईजिपीको प्रतिस्पर्धामा सहभागी हुनेछन्।
सरकारले एक एआईजीको दरबन्दी थप गरेर थापालाई बढुवा गरेसँगै प्रहरीमा एआईजीको संख्या ५ पुगेको छ। सरकारले एक एआईजीको दरबन्दी थप गरेर थापालाई बढुवा गरेसँगै प्रहरीमा एआईजीको संख्या ५ पुगेको छ।
यहाँ कमेन्ट गर्नुहोस्