ATM तोडफोड गर्ने २ जना पक्राउ

१४ असार मोरङ । मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा संचालनमा रहेको NIC ASIA बैंकको ATM बुथमा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो. ईम्तियाज र २५ बर्षीय मो. अनिष हुसेन रहेका छन् । आज बिहान (सोमवार)को राती पौने ३ बजे  बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।

हाते औजार सहित पक्राउ परेका उनिहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्