प्रदेश १ मा आज ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए

१३ असार विराटनगर । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ ।

प्रदेश १ मा आज ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र तेर्ह्थुममा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार ५३० पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ३७ रहेको छ । प्रदेश १ मा आज १ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्