११ असार विराटनगर । प्रदेश १ मा आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ ।
प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, तेर्ह्थुममा ४, इलाम र भोजपुरमा २-२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ३७४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्