मन्त्रीहरूको जिम्मेवारी हेरफेर, गृहसहित थप तीन मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफै राखी अन्य मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका विष्णु पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको थप  जिम्मेवारी पाउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहनु भएका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकासस खानेपानीस सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासको थप  जिम्मेवारी पाउनुभएको छ ।

शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरणस युवा तथा खेलकुदस श्रम, रोजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्