१० असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतलाई प्रश्न गरेका छन् । उनले ट्वीटरमार्फत मन्त्रिपरिषद विस्तार बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति संकेत गर्दै कडा टिप्पणीसहितको प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान ?
‘बाढीको चपेटामा परेर मेलम्ची राहत–उद्दार पर्खेको छ, चुनाव गराउन शाान्ति– सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान ? ’ भनेर थापाले ट्विटरमा लेखेका छन ।
काेराेना महामारीकाे कहर छ, खाेप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। बाढीकाे चपेटामा परेर मेलम्ची राहत-उद्दार पर्खेको छ,चुनाव गराउन शाान्ति-सुरक्षाकाे विशेष खाँचाे पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताकाे सिद्धान्त स्यालकाे सिङजस्तै कता हराएको हाेला श्रीमान?
— Surya Thapa (@ThapajiSurya) June 24, 2021