आजको राशिफल

२०७८ असार १० गते, बिहीवार, २४ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष, पूर्णिमा तिथि, ज्येष्ठा नक्षत्र (प्रातः ९ः१८ बजेदेखि मूल), चन्द्रराशि-वृश्चिक, प्रातः ९ः१८ बजेदेखि धनु ।

मेष राशि :-

विशेष जिम्मेवारी प्राप्त हुनेछ। आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ।

वृष राशि :-

काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ।न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउनेछ।

मिथुन राशि :-

परिस्थितिले व्यवधान निम्त्याए पनि व्यावसायिक यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। निम्तो मान्न जाँदा आतिथ्य अलि सहज नहुन सक्छ। विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ। सोखले सञ्चित रकम खर्च गराउन सक्छ।

कर्कट राशि :-

विद्रोही भावना राख्नेहरूले व्यावहारिक समस्या खडा गर्न सक्छन्, सजग रहनुहोला। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। तर, अरूका लागि समय खर्चनुपर्ला। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ला । पहिलेको सफलताले हौसला जगाउनेछ र पछिका लागि पनि काममा जग बसाउने मौका छ।

सिंह राशि :-

अध्ययनमा भने त्यति समय दिन नसकिएला। काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

कन्या राशि :-

विशेष योजना सार्वजनिक नगर्नुहोला। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वयं निर्णय लिन नमिले पनि शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ।

तुला राशि :-

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। मिहिनेतको प्रतिफल हातपार्न समयमै सावधानी अपनाउनुपर्ला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने शुभचिन्तकहरू समेत टाढिन सक्छन्।

वृश्चिक राशि :-

बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।

धनु राशि :-

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

मकर राशि :-

नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक जुट्नेछन् । दिगो आम्दानी हुने काम फेला पर्न सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।

कुम्भ राशि :-

पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

मीन राशि :-

विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।

यहाँ कमेन्ट गर्नुहोस्