देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम

०९ असार काठमाडौं । देशका विभिन्न स्थानमा मनसुनी वर्षा जारी रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ। कतिपय स्थानमा धनजन क्षतिसमेत भइसकेको छ। यसैले बाढी पूर्वानुमान महाशाखाले नियमित रूपमा कहाँ कहाँ बाढीको जोखिम छ भनेर सूचना दिने गरेको छ।

यसै क्रममा महाशाखाले आज (बुधबार) बिहानको मौसमी बुलेटिनमा जारी गरे अनुसार,आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यमरभारी वर्षा भई बहाव केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाई राखौं।

शुक्रबारसम्म बाढीको जोखिम कहाँ कहाँ कस्तो होलार ? हेर्नुहोस्, बाढी महाशाखाले जारी गरेको अनुमान :

 

 

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्