कक्षा १२ को परीक्षा साउनको अन्तिम साताबाट गर्ने तयारी

असाढ़ ७ काठमाडौं__राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो भएकाले कक्षा १२ को परीक्षाको तयारी थालेको जानकारी दिए ।

“अब कक्षा १२ को परीक्षा गराउन छलफल गरिरहेका छौँ । सम्भवतः साउनको अन्तिम साता या भदौमा गरिसक्छौँ होला,” उनले बाह्रखरीलाई भने ।

कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

यस्तै, बोर्डले आन्तरिक मुल्यांकनबाट एसईई परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएको थियो । जसअनुसार असार मसान्तभित्रमा एसईईको नतिजा प्रकाशित भइसक्ने उनले जानकारी दिए । यसैगरी कक्षा ११ को अन्तिम मुल्याङ्कन असारभित्रै गरिसक्नुपर्ने छ । यसका लागि बोर्डले विद्यालयलाई अनुरोधसमेत गरिसकेको छ ।

बोर्डले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्न गत वर्ष नै कार्यविधि बनाइदिएको थियो । अहिले पनि सोहीअनुसार मुल्याङ्कन गर्न बोर्डले विद्यालयलाई भनेको हो ।

 

यहाँ कमेन्ट गर्नुहोस्