भोली मंगलवारबाट जोरबिजोर प्रणालीमा निजी सवारी साधन र ट्याक्सी सञ्चालन

०७ असार काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि स्मार्ट लकडाउन लागु सँगै निजी सवारी साधन र ट्याक्सी जोरबिजोर प्रणालीमा सञ्चालन हुने भएका छन्।

उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उक्त निर्णय लिएको हो। सार्वजनिक सवारी साधनबारे केही निर्णय भएको छैन। तर प्रशासनको पछिल्लो निर्णयले निकट भविष्यमै सार्वजनिक सवारी साधन सञ्चालनमा आउने संकेत दिएको छ।

हवाई उडानका विषयमा भने कुनै निर्णय भएको छैन। बैशाख १८ देखि आन्तरिक र बैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको थियो।

कोरोना संकट व्यवस्थापन समिति(सीसिएमसीको पछिल्लो बैठकले नेपाली श्रमिक भएका देशमा सिमित संख्यामा र सातामा २ हजार यात्रु नबढ्ने गरी हवाई उडान खोल्ने निर्णय गरेको थियो। यसैगरी अहिले सातामा टर्कीमा एउटा र कतारमा दुई वटा उडान भइरहेको छ। यसैगरि भारतमा सातामा दुईवटा उडान भइरहेको छ। आन्तरिक उडानका विषयमा सीसिएमसी बोलेको छैन।

यहाँ कमेन्ट गर्नुहोस्