दुई दिन व्यापक वर्षाको सम्भावना, तराई क्षेत्र बढी प्रभावित हुने

०६ असार काठमाण्डौं । आज आईतवार देखी वर्षा फेरि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताउनु भएको छ । गएको दुई दिन वर्षा केही कम परेको थियो ।

आज आइतबार र भोलि सोमबार वर्षाको मात्रा बढ्ने देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकार िदिनु भयो । यस क्रममा कतिपय स्थानमा भारी मात्रामा वर्षा हुने सम्भावना रहेको बताउनु भयो ।

‘यसपल्ट देशको पूर्वी क्षेत्रमा मनसुन बढी सक्रिय हुने देखिएको छ, लुम्बिनी प्रदेशको पूर्वी भूभागसमेत बागमती प्रदेशदेखि पूर्वमा आज र भोलि निकै वर्षा हुने सम्भावना रहेको मौसमविद बासीले जानकारी दिनु भयो ।

उहाँले अगाडि भनिन्, ‘त्यसमा पनि पहाडी भेगभन्दा तराई क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। बुलेटिनमा अगाडि भनिएको छ स् साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।’

यहाँ कमेन्ट गर्नुहोस्