आयुर्वेद औषाधालय गाईघाटद्धारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी बितरण

०४ असार उदयपुर । सगरमाथा अँचल आयुर्वेद औषाधालय गाईघाटले ११६७ जनालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक औषधी अमृत क्वाथ निःशुल्क वितरण गरेको छ । कारोनाका कारण विश्व नै आतंकित बनिरहेको बेला यस भाइरस सँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गरिएको हो ।

कोरोनाको दोश्रो लहर सँगै उदयपुरको विभिन्न पालिकाहरुमा जनचेतना मूलक अभिमुखीकरण कार्यक्रम सँगै होम आईशोलेसनमा बसेकाहरुलाई अश्र्वगन्धा चूर्ण र अमृत क्वाथ वितरण गरेको सगरमाथा अँचलका प्रमुख डा. सरोज प्रसाद विशालले बताउनु भयो ।

बेलका नगरपालिकाका नगरपालिकामा भएको कार्यक्रममा मेयर दुर्गा कुमार थापा सहित डा.सरोज प्रसाद विशाल

जिल्लाका बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, लिमचुगंबुंग गाउँपालिका, उदयपुरगढी गाउँपालिका, कोभिड -१९ अस्पताल बेल्टार, कोभिड अस्पताल गाईघाट,नागरिक आरोग्य केन्द्र रौतामाई, जिल्लाका सुरक्षा निकाय सँगै पत्रकार महासंघ उदयपुर मार्फत रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गरेको अँचल आयुर्वेद औषाधालय गाईघाटले जनाएको छ ।

उदयपुरगढी गाउँपालिकाको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रशासकियअधिकृत ज्यू लगायत अन्य  कर्मचारीहरु

आयुर्वेद औषाधी सँगै कोरोना बाट बच्न आम नागरिकले पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डहरु कसरी पालना गर्ने ? कोरोना लागीहाले आयुर्वेद औषाधीको सेवन कसरी गर्ने र शारिरीक र मानसिक रुपमा कसरी शरिरलाई स्फुर्ती राख्ने, क्रियाकलापहरुको बारेमा पनि जानकारी दिएको डा.विशालले बताउनु भयो ।

अभिमुखी कार्यक्रममा सहभागीहरु

यहाँ कमेन्ट गर्नुहोस्