प्रदेश नं. १ मा छुट्टा छुट्टै ठाउँमा लडेर २ जानको मृत्यु

०४ असार मोरङ । प्रदेश नं. १ मा छुट्टा छुट्टै ठाउँमा लडेर २ जानको मृत्यु भएको छ । मृत्युहुनेमा ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटाल र पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईकोको लडेर मृत्यु भएको हो ।

ठटालको हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । त्यस्तै राईको आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको हो ।

घटना सम्बन्धमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्