कांग्रेसको अधिवेशन साउन १२ देखि सुरू

०४ असार काठामाण्डौं । १४ औँ महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले साउन १२ गते बाट पार्टीका तल्लो तहदेखी अधिवेशन सुरू गर्ने भएको छ। गाउँ/नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधीत कार्यतालिका बिहीबार केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेनु भएको छ ।

केन्द्रीय समितिको छलफल आज पनि हुदैछ र यो प्रस्तावमाथि आज पनि छलफल हुने जनाएको छ । सम्भवत यही मितिमा अधिवेशन हुने गरी केन्द्रीय समितिबाट कार्यतालिका अनुमोदन हुने पक्का पक्की रहेको एक नेताले जानकारी दिनु भयो ।

यसअघि कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेको थियो। क्रियाशील सदस्यता टुंग्याउन नै अलिक समय लागेको कारण एक महिना पर अधिवेशन धकलिने भएको हो। कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गरिएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अब सोही मितिमा १४ औं महाधिवेशन हुने पक्का भएको छ।

यस्तो छ केन्द्रीय समितिमा पेश भएको कार्यतालिका यस प्रकार रहेको छ :

गाउँ/नगर वडा अधिवेशन  -२०७८ साउन १२ गते

गाउँ /नगरपालिका अधिवेशन-२०७८ साउन १६गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २० गते

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन- २०७८ साउन २३ गते

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन-२०७८ साउन २६ गते

प्रदेश अधिवेशन-२०७८ भदौ १ र २ गते

केन्द्रीय महाधिवेशन- २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा।

यहाँ कमेन्ट गर्नुहोस्