लकडाउन (निषेधाज्ञा) खुकुलो बनाउन सरकारको रहर की बाध्यता

०३ असार काठमाण्डौं । अहिले आम नेपालीहरुको बुझाइ सरकारले कर कसरी असुली गर्छ भन्नेमा छ ? त्यस्को लागी लगाएको लकडाउन (निषेधाज्ञा)लाई खुकुलो बनाउछ बनाउदैन भनेर अनुमान लगाउन थालेको छ ।

कोरोना भाइरसको संक्रमण कम हुँदै भएको भन्दै सिसिएमसीको बुधबार बैठकले लकडाउन खुकुलो बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको उक्त समितिको बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक बस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निणर्य गरेको छ ।

तर जनता सरकारले कर असुल्नका लागि लकडाउन (निषेधाज्ञा) खुकुलो बनाउन लागेको भन्ने छ । कोरोना भाइरसको संक्रमणको संख्या कम देखाएर कर असुल्नका लागि लकडाउन खुकुलो बनाउन खोजेको उनीहरुको बुझाइ छ ।
सरकारले यही असार २५ गते भित्र कर बुझाउन आग्रह गरेको छ । उक्त मिति भित्र कर नबुझाए जरिवाना लाग्ने भनिएको छ ।

सरकारले अर्को सातादेखि लकडाउन खुकुलो बनाउन तयारी गरिरहेको छ । अहिले लगाइ राखेको लकडाउन यही असार ७ गतेबाट सकिदैछ । त्यसपछि सवारी साधनमा जोर र बिजोर गरेर चल्न दिने तयारी गरेको छ । आम नागरिकको बुझाइमा सरकारले उक्त अवधि भित्र कर असुल्नका लागि लकडाउन खुकुलो बनाउन लागेको भन्ने छ ।

यता लकडाउन खुकुलो गर्ने कुरा कर असुल्नका लागि गरिएको भन्ने कुरा निराधार भएको सरकारी अधिकारीहरुको भनाइ छ । तर, आम नागरिक भने सरकारी अधिकारीको उक्त भनाइमा सहमत पट्कै देखिएका छैनन् ।

कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञा केही खुकुलो बनाउन लागिएको सिसिएमसीका एक सदस्यले बताउनु भयो । कर भुक्तानीका लागि लकडाउन खुकुलो बनाउन लागिएको भन्ने कुरामा कुनै सत्यता नभएको पनि उनले जानकारी दिए ।

कोरोना भाइरस संक्रमित हुनेको दैनिक संख्या ९ हजार ५ सय माथि पुगेको थियो केही समयअघि तर, अहिले त्यो संख्या घटेर दैनिक ३ हजारको हाराहारीमा आइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यसैलाई आधार मानेर सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिरहेको छ ।

सरकारले गत बैशाख १६ गतेदेखि लगाउँदै आएको निषेधाज्ञा अर्को सातादेखि केही खुकुलो ‘स्मार्ट लकडाउन’तर्फ जानेबनाउने तयारी गरिरहेको छ । सवारी साधनमा जोर र बिजोर, सरकारी कार्यालय सातामा दुई दिन बिदा, निश्चित क्षेत्र मात्रै खोल्न सरकारले गतयारी गरिरहृकाृ छ ।

यो पनि पढ्नुहोस ।

‘स्मार्ट लकडाउन’तर्फ जाने सिसिएमसीको निर्णय;अत्यावश्यक उद्योग बाहेक अरु सञ्चालन गर्न नदिने

यहाँ कमेन्ट गर्नुहोस्