पेस्तोलसहित उदयपुरमा तीन जना पक्राउ

०३ असार उदयपुर ।उदयपुरको गाईघाट बसपार्कबाट एक थान पेस्तोल सहित तीन जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. ३ का ५९ बर्षीय पर्शराम चौधरी, ५० बर्षीय श्यामकुमारी चौधरी र सुरुङ्गा नगरपालिका–८ सप्तरीका २३ वर्षीय बबी चौधरी रहेको पहरीले जनाएको छ ।

पर्शराम चौधरीको घरमा हातहतियार रहेको छ भन्ने सूचनाको आधारमा उसको घरमा प्रहरी पुगेको थियो । घरमा खानतलाशी पश्चात पेस्तोल सहित ५ राउण्ड गोली साथमा ८ ठेली चन्दा रसिद समेत फेला परेकोले निज उनीहरुलाई बुधबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्