कबुलियत वन बनाउन भुलवस सिफारिस भयो : जनता सँग माफी माग्दछु, वडाअध्यक्ष

०३ असार उदयपुर । कोशी टप्पु क्षेत्रको जनताको आक्रोस पछि १७६ दशमलव २३ हेक्टर क्षेत्रफलमा फैलिएको जग्गामा कबुलियत वन बनाउन सिफारिस गर्नु वडा कार्यलयको कमजोरी भएको वडा अध्यक्षले स्वीकार गरेको छ । बेलका नगरपालिका ३ का वडाध्यक्ष भरत कुमार मगरले बिज्ञप्ती जारी गर्दै आफु बाट कमजोरी भएको स्वीकार गर्दै आम वडावासी सँग माफी पनी मागेको छन् ।

बेलका नगरपालिका ३ स्थित १७६ दशमलव २३ हेक्टर क्षेत्रफलमा फैलिएको जग्गा सोही क्षेत्रका स्थानीयहरुले आफ्नो व्यक्तिगत जग्गा कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै गएको सोमवार वडा कार्यालय घेराउ गरेका थिए ।

नेपाल सरकार मन्त्री परिषदको २०७८ जेष्ठ ६ गतेको निर्णयले वन क्षेत्रको १ सय ७६ दशमलव २३ हेक्टर जग्गा कबुलियत वनको नाममा दुई कम्पनीलाई ३० वर्षको लागि ठेक्कामा दिइएको छ । वार्षिक रुपमा (तराई क्षेत्रको लागि वार्षिक ५ हजार) प्रति हेक्टरमा थप ५ सय थप गर्ने गरी बाराहा हर्वल एण्ड एग्रो प्रा.लि. सुनसरी र सेफवे टेक्नोलोजी प्रा.लि. ललितपुरलाई कबुलियत वन दर्ता गरेवापत सरकारलाई राजश्व बुझाउनु पर्छ । पूर्वमा पौरखी सामुदायिक वन उपभोक्ता समूह, पश्चिममा एविसी टप्पु जाने बाटो, उत्तरमा रामपुर जाने बाटो र दक्षिणमा गिदेरी दोभान जाने बाटोसम्म यी चार किल्लाको जग्गा ठेक्कावापत सरकारलाई करिव ९ लाख ६९ हजार २ सय ६५ रुपैया राजश्व आउने छ । यसमा प्रतिवर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौतामा उल्लेख छ । बाराहा हर्वल एण्ड एग्रो प्रा.लि. सुनसरीले ५१ दशमलव २३ हेक्टर र सेफवे टेक्नोलोजी प्रा.लि. ललितपुरले १२५ हेक्टर जग्गा कबुलियत बनको नाममा ठेक्का लिएका छन् । यसलाई जेष्ठ ६ गते बसेको मन्त्री परिषद बैठकको निर्णयले सदर समेत गरेको छ । सरकारले ठेक्केदारको नाममा सदर गरेको छ ।

वडा अध्यक्ष मगरले भुलवस सिफारिसमा सहि भएकोमा आफ्नो वडा बासी जनतासँग क्षमा मागेका छन् । मेरो वडावासी आम जनताहरुलाई उठिबास लगाउने मेरो कुनै उद्देश्य नरहेको जारी बिज्ञपतीमा रहेको छ । “मैले गरेको सिफारिसलाई निस्कृय बनाउन पहल कदमी भईरहेको छ र सो काम चाँडै हुनेछ ।” वडाध्यक्ष मगरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हाल भएको काम प्रारम्भ मात्र भएको र सो निकायले ४ वटा सामुदायिक वनको सिफारिस, मैनामैनी रेन्जर पोष्टको सिफारिस र अन्त्यमा बेलका नगरपालिकाको सिफारिस गरेपछि मात्र कबुलियत वन बनाउने काम सम्पन्न हुने भएकोले मेरो वडाबासी जनताहरुलाई जग्गाको मालिक बनाउने प्रतिवद्धता व्यक्त गर्दै, कुनै पनि भ्रममा नपरी आफ्नो भूमिको रक्षाका बेलका नगरपालिका ३ नं. वडा कार्यालय लागि पर्ने विज्ञप्तीमा जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्