![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/195384535_4200171190046443_1045801691244760457_n.jpg)
राकेश यादव
अषाढ २ रौतहट __बोक्सीको आरोपमा छिमेकीले गरेको कुटपिटबाट घाइते भै उपचारार्थ रहेकी एक बृद्ध महिलाको उपचारको लागि मेची महाकाली बुहारी संयुक्त आवाज सस्थाले आर्थिक सहयोग गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोल निवासी घाइते ६५ वर्षीय श्रीपति देवीलाइ उपचारको लागि उक्त सस्थाले नगद १० हजार रुपैया सहयोग गरेको हो ।
गएको शनिवार आफ्नो घरबाट शिवनगर मन्दिरमा गैरहेकी महिला श्रीपति देवीलाइ छिमेकी सन्दिप महरा र उनका साथमा रहेका अन्य व्यक्तिले धारिलो हात हतियार र भट्टा लगायतबाट अन्धाधुन्ध हमला गरि घाइते बनाएर बाटोमा छाडेर फरार भएको थियो । घटना स्थलमा अचेत अवस्थामा रहेकी बृद्ध महिलालाइ तत्काल उद्दार गरि उपचारको लागि चन्द्रनिगाहपुर स्थित स्वास्थ्य केन्द्रमा पठाउदा अहिले उपचारार्थ अवस्थामा रहेको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय अध्यक्ष यमु शर्माले ५ हजार र काठमाडौँ शाखाले उपलव्ध गराएको ५ हजार गरि १० हजार नगद अस्पतालमा गएर पिडित परिवारलाइ हस्तानान्तरण गरेको मेची महाकाली बुहारी संयुक्त आवाजका प्रदेश २ संयोजक पुजा पाठक तिमिल्सिनाले जानकारी दिएको छ । पिडितको उपचारको लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत पाठकले जनाएको छ ।
आक्रमणमा परेकी उक्त महिलाको टाउको ,कान , लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । चंद्रपुर स्थित सिभिल अस्पतालमा उपचार भैरहेको महिलाको टाउकोमा गहिरो चोट लागेको र भटाबाट प्रहार गर्दा काटिन गएको १० ठाउमा ३०० टाका लागेको चिकित्सकले बताएको छ । १० वर्ष अगाडी श्रीमानको मृत्यु भएको श्रीपति देवीको छोरालाइ सशस्त्र द्वन्दको बेला माओवादीले गोलि हानी हत्या गरेको थियो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरि अनुसन्धानको कार्य अघि बढाएको छ । पक्राउ पर्नेमा माधव नारायण नगरपालिका ५ का जंगीलाल महरा रहेको र अन्य आरोपितको खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पिडित परिवारको आर्थिक अवस्था निकै नै कमजोर भएकोले उपचार गराउन समस्या हुने भएको छ ।
केहि नभएकोले उपचार गराउन समस्या हुने बुहारी अनारकलीले बताएकी छिन। दैनिक ज्यालादारी गरेर परिवार चलाउदै आएकोमा सासुको उपचारमा लाग्ने रकम कहाबाट जोहो गरिने भनि चिन्ताले सताउन थालेको बताए । उहाले उपचारमा सहयोग गरि दिन समेत अपिल गरेकी छिन ।