विपन्न परिवारमा चौदण्डीगढी नगरपालिकाको साथ र सहयोग

०२ असार बेल्टार । उदयपुरको चौदण्डीगढी नगरपालिकाले विपन्न परिवारको आयवृद्धिको निम्ति वंगुरको पाठी (भुनी) र बाख्राको पाठी बितरण गरेको छ । चौदण्डीगढी नगरपालिका २ नम्बर वडाले आयमूलक सहायता कार्यक्रम अन्तर्गत ९ लाख रुपैयाँ बजेटको ३८ भुनी र ३४ वटा पाठी बितरण गरिएको वडाध्यक्ष सन्तोष सुबेदीले जानकारी दिनु भयो ।

“वडाभित्रका विपन्न परिवारको आयस्तर उकास्न यो कार्यक्रमले ठूलो मद्दत पुग्ने विश्वास लिएको छु ।” “वडा अध्यक्ष सुवेदीले भने ।”

उन्नत जातको कालो बंगुरको पाठी (भुनी) र उन्नत जातको बाख्राका पाठी खरिद गरेर बितरण गरिएको चौदण्डी नगरपालिकाका मेयर खगेन्द्र राई ले बताउनु भयो । बितरण कार्यक्रममा बोल्दै राईले विपन्न परिवारमा चौदण्डीगढी नगरपालिकाको साथ र सहयोग सधै रहने छ । विपन्न परिवारलाई उकास्न यस्ता कार्यक्रमले ठूलाृ मद्दत पुग्ने हुनाले यस्तो कार्यक्रमले निरन्तरता पाइरहने बताउनु भयो । त्यसै गरी उपमेयर रिता चौधरीको हातबाट विपन्न परिवारलाई बाख्रा बितरण गरिएको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्