०१ असार झापा । झापा जिल्लामा हाती जोगाउन राखेको करेन्टमा परी करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा बुद्धशान्ति गाऊपालिका वडा नं. ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटा रहेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी, उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमणीले जनाएको छ ।
घटना सम्बन्धमा बाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्