बाख्रापालन व्यस्त रहेका रामकुमार राई भन्छन लगन र सीपलाई प्रयोग गर्न सके घरमै लोभलाग्दोआम्दानी

०१ असार उदयपुर । उदयपुरका एक जना युवा यतिखेर कृषि कर्ममा व्यस्त छन् । कृषिमा उहाँको लगाब निकै लोभलाग्दो छ । “जीवनलाई राम्रो संग जीउनु छ भने उद्यमशिल बन्न आवश्यक रहेछ भनेर हामीलाई सुनाउनु हुन्छ ।” सफल कृषक राम कुमार राई ।

पैसा कमाउन अन्य देशको माटो नै रोज्नु पर्छ भन्ने छैन् । सिप र लगन हुन सकेमा गाउँघरमै सानो तीनो उद्यम्मी बन्न कसैले रोक्न सक्दैन । स्वदेशमै थोरै पैसा, मेहनत र लगनसिल भए परिवारसँग रमाउँदै आफ्नो जीवनलााई सुन्दर बनाउन सकिन्छ । जसको उदाहरणका पात्र हुन् उदयपुरको त्रियुगा नगरपालिका १४ नेपानेका ३८ बर्षिय रामकुमार राई ।

२०६८ साल बाट सुरु गरेको बाख्रापालन व्यवसायले आज एउटा मूर्त रुप लिएको देख्दा रामकुमार राई आफ्ना परिवारको मुखामुख र्हेर्दै हामी सँग खुशी साटासाट गर्नु हुन्छ ।
उनीसँग रहेको आधुनिक किसिको तीन वटा खोरमा अहिलेपनि बाख्रा, बोका र पाठापाठी गरी तीन सय बढि छन् । पालेका एक सय ७६ माउँ बाख्राले बार्षिक सरदर चार सय पाठापाठी उत्पादन गर्दै आएको उनी बताउँछन् । यहीँ पेसामा निर्भर रहेका रामकुमार बार्षिकरुपमा २० लाखको हाराहारीमा कारोबार गर्ने गर्दछन् । भन्छन्, ‘बर्षमा ३ पटकसम्म विक्री गर्छु, सबै खर्च कटाएर बार्षिक १५ लाख रुपैँया आम्दानी हुन्छ । त्यहीँ आम्दानीबाट उनको ७ जना परिवार र दुई जना कर्मचारी धानिएको छ ।

तीन लाख लगानीबाट सुरु गरेको उनको पेसा अहिले २० लाख रुपैँया भन्दा बढी पुगिसकेको छ । व्यवसायिकरुपमा बाख्रापालन पेसा सुरु गरेका उनले बाख्रा र पाठापाठीलाई नुहाउनका लागि स्नान घर र बारीभरी बिकासे डाले घाँसहरु लगाएका छन् । परम्परागत खेतीबाट परिवार चलाउन मुस्किल परेको र आम्दानी पनि नहुने भएपछि खेतीलाई त्यागी बाख्रापालनमा लागेको हामीलाई सुनाउनुहुन्छ ।

व्यवसाय सुरुसँगै यसको दिगोपनाका लागि रामकुमार र उनको श्रीमती जिनाकुमारी राई (मगर)ले आलोपालो गरी पशुभेटनरी अध्ययन गरिसकेका छन् । पशुचौपायमा बेलामौकामा विभिन्न रोगहरु भित्रिदा खोरमै धमाधम मर्ने गरेकाकारण त्यसको नियन्त्रणका लागि दुबैले पशुचिकित्सा अध्ययन गरेको श्रीमती जिनाले बताईन् ।

उनी भन्छिन्, ‘गाउँमा प्राविधिकको अभावमा सुरु–सुरुमा बाख्रा विरामी हुँदा झण्डै तीस किलोमिटर पर सदरमुकाम गाईघाट झर्नु पर्दथ्यो, त्यहीँ पनि टाढा परेकाले प्राविधिक नसुन्ने, आलटाल गर्ने, भनेको समय भन्दा २÷४ दिन ढिला गर्ने र उपचार खर्च समेत मोटो रकम लिने गरेका कारण हामी दुवैजना आफैले अध्ययन गरेका हौ ।
अध्ययन गरेकैकारण ठुला महामारीवाहेक सानातिना विरामीको उपचार आफुहरुबाटै सम्भव भएको जिना बताउँछिन् । ‘बेलामौकामा रोग लाग्न नदिनका लागि पिपिआर, खोरेत जस्ता भ्याक्सीन र औषधिउपचार गर्न अन्य प्राविधिकको मुख ताक्नु पर्दैन । उनीहरुको प्राविधिक क्षमताले गाउँछिमेकमासमेत सहज भएको छ ।

गाउँघरमा पशुचौपाय विरामी भए आफुहरुलाई नै बोलाउने गरेको रामकुमार बताउँछन् । निरन्तर पेसामा रहेका रामकुमार, मासिक एक लाखसम्म कमाउन विदेश जानै नपर्ने युवाहरुलाई सुझाब दिन्छन् । भन्छन्, ‘विदेशमा गरेको दुःख गाउँघरका लागि केहि हैन्, त्यहाँ गर्ने गरेको परिश्रम स्वदेशमै गर्न सके सुन फलाउन सकिन्छ ।

राईले खसीभन्दा पनि बोका र पाठी उत्पादन गरी विक्री गर्ने गरेका छन् । यसरी उत्पादन गरेको एउटै बोका २५ हजार मुल्यसम्ममा विक्री गरेको बताए । ९ बर्षदेखि निरन्तर बाख्रापालन व्यवसायमा रहेका राई परिवारलाई हालसम्म कुनैपनि अनुदान दिने निकायको नजर परेको छैन् । रामकुमार भन्छन्, ‘धेरै पटक अनुदान र ऋणका लागि सदरमुका लगायत सरोकारवाला निकायसँग धाए, तर आश्वसन मात्र पाए, व्यवहारमा केहि देखिएन, त्यसैले आफैले गाउँघरमा सरसापटक खोज्दै व्यवसायमा बृद्धी गरेको छु ।

यहाँ कमेन्ट गर्नुहोस्