मेट्रोसिटि हस्पिटलले मृत्युको मुखमा पुगेका बिरामीको बचायो ज्यान , उपचारमा पनि छुट

जेष्ठ ३१ वीरगंज__ कहिले काही हामीले न सोचेकों कुरा पनि पत्याउन बाध्य हुनु पर्छ। केही दिन अघि  कलैया अस्पतालले बचाउन नसकी मृत्यु नै हुने भनी जवाफ दिएर अस्पतालबाट फर्काइएका र मृत्युको मुखमा पुगेका बिरामीलाई वीरगञ्ज मेट्रोसिटि हस्पिटलले बचाएर पुर्न जन्म दिएको छ ।

वीरगञ्जको छपकैयामा रहेको वीरगञ्ज मेट्रोसिटि हस्पिटलले बाँच्ने आश मरिसकेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुर निवासी ४२ वर्षीय जिकरुल्लाह हवारीलाई उपचार गरी निको बनाएर आज डिस्चार्ज गरेको छ ।

जेठ १० गते कलैया अस्पतालले आधाघण्टा बढी बाँच्न मुश्किल छ भनेर पठाएपछि हवारीका आफन्तले मेट्रोसिटि हस्पिटलमा ल्याएका थिए । जेठ १० गते राति साढे ११ बजे अस्पतालमा भर्ना भएका हवारीलाई हाईफ्लो अक्सिजनमा राखेर बचाउन सफल भएको अस्पतालका डा. पवन पटेलले बताएका छन ।

२१ दिनको अस्पताल बसाईपछि सोमवार अस्पतालका डा.पवन पटेल, डा. अजय साह, डा. मनोज राउत, अस्पतालका निर्देशक धर्मेन्द्र चौरसिया, म्यानेजर शिवनारायण कर्ण लगायतले फूलमाला लगाई मीठाई खुवाएर जिकरुल्लाह हवारीलाई अस्पताल बाट विदाई गरेका छन् । २१ दिनको अस्पतालको खर्च जम्मा २ लाखमध्ये ५५ हजार रुपैयाँ छुट दिएको अस्पतालका निर्देशक धर्मेन्द्र चौरसियाले बताए ।

अस्पतालमा कोरोना कालमा जम्मा १ सय ४८ जना संक्रमित उपचाररत मध्ये ६ जनाको मृत्यु भएको र आज डिस्चार्ज भएका हवारीसँगै १ सय ४१ जना संक्रमणमुक्त भएको धर्मेन्द्र चौरसियाले बताएका छन । अस्पतालमा हाल १ जना संक्रमित मात्रै उपचाररत छन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनभित्रै ति संक्रमितलाई पनि डिस्चार्ज गर्ने अस्पतालका निर्देशक धर्मेन्द्र चौरसियाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्