३१ जेठ विराटनगर । प्रहरीले झापा र ईलामामा ला^गु*औ*ष^ध ब्रा^उ*न सु.ग*र सहित ५ जनालाई पक्राउ गरिएको छ । आईतबार दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई ला^गु*औ*ष^ध ब्रा^उ*न सु.ग*र ४ ग्रा*म सहित घरबाटै पक्राउ गरिएको हो ।
त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट ला^गु*औ*ष^ध ब्रा^उ*न सु.ग*र ५ ग्रा^म सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश १-०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।