जेष्ठ ३१ काठमाण्डौ __ बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ह^त्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। कांग्रेस सांसद वैद्यले गएको शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए।
गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको ह*त्या गरेका थिए। वैद्यको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। विरोधपछि सांसद वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिएका थिए। शनिबार बसेको प्रदेश सभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले आत्मालोचनासमेत गरेका हुन्।
आफू भावावेशमा आएर प्रधानमन्त्रीविरुद्ध त्यस्तो अभिव्यक्ति दिन पुगेको उनको भनाई छ।वैद्यको अभिव्यक्तिलाई लिएर युवा संघका मकवानपुर जिल्ला कमिटी सदस्य अनिल काफ्लेले प्रहरीमा उजुरी दर्ता गराएका हुन्। वैद्यको अभिव्यक्ति मुलुकी अपराधसंहिताविरुद्ध रहेको उल्लेख गर्दै उजुरीमा वैद्यलाई ज्यान मुद्दाको आधा सजाय गर्न माग गरिएको छ।
वैद्यले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) तथा सोही संहिताको दफा ३५ (१ र २) को कसुर गरेको जाहेरीमा उल्लेख छ । त्यसैगरी प्रधानमन्त्रीको ह^*त्या गर्न उक्साउने वैद्यको अभिव्यक्ति सोही संहिताको उपदफा ३ (ख) बमोजिम मुलुकी अपराधसंहिता २०७४ को दफा ७७ (२) जन्मकैद सजायको आधा सजाय हुने काफ्लेले दिएको जाहेरीमा उल्लेख छ।