जसपाको दुवै पक्षले एकअर्कालाई गरेको कारवाहीलाई अवैध घोषणा, पूरानै पदाधिकारी कायम

जेष्ठ ३० काठमाण्डौ __ निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षले एकअर्कालाई गरेको कारवाहीलाई अवैध घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागि हुने विषयलाई लिएर जसपामा विवाद उत्पन्न भएपछि एकले अर्कोलाई कार्वाही गर्दै पार्टीबाट निष्काशन गरेका थिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका नेताहरुले गरेको कार्वाही नमिलेकोले पुरानै कार्यसमितिलाई मात्र मान्यता दिने निर्णय भएको जानकारी दिए ।कार्वाही सम्बन्धमा आयोगले माग गरेको विषय र कार्वाही गरिएको विषय दुवै नमिलेका कारण जसपामा गरिएको कार्वाही मिलेन भन्ने आयोगको ठहर छ ।

यहाँ कमेन्ट गर्नुहोस्