उदयपुरमा रुखको हाँगाले लागि एकको मृ*^त्यु

३० जेठ उदयपुर । उदयपुर त्रियुगा नगरपालिका वडा नं. ७ पानीतारे (कोपीले) मा रुखको हाँगाले लागी एक जनाको मृ*^त्यु भएको छ । मृ^*त्युहुनेमा जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा.८ धितुङ बस्ने वर्ष २२ को सरोज राई रहेको प्रहरीले जनाएको छ ।

पानीतारे (कोपीले) स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई,रुख काट्ने क्रममा रुखको हाँगाले टाउकोमा लागि घटनास्थलमै मृ*^त्यु भएको ७ न. वडाका वडा अध्यक्ष भिम बहादुर पुलामीले जानकारी दिनुभयो ।

घट्नाको जानकारी प्राप्त हुनुसाथ कानुनि प्रक्रिया तथा थप अनुसन्धानको लागि प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्