पर्सा जिल्लाको निषेधाज्ञाको अवधि पुनः थप

ष्ठ ३० वीरगंज__  पर्सा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले  (डिसिसिएमसी) निषेधाज्ञाको अवधि पुनः थप गरेको  छ ।

बैशाख १६ गतेदेखि जारी  निषेधाज्ञाको अवधि छैठो पटक  थप्दै असाढ़ ६ गतेसम्मका लागि थप गरिएको डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सामाजिक संजाल मार्फत जानकारी दिनु भएको छ ।

डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकल निषेधाज्ञाको अवधि थपेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्